Logo
१२ बैशाख २०८१, बुधबार
(September 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री शाक्यले आज मन्त्रिपरिषद् विस्तार गर्दै

बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

मुख्यमन्त्री शाक्यले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिएका छन् ।

मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको प्रमुख सचेतक निरौलाले बताए ।मुख्यमन्त्री शाक्यले आज मध्याह्न १२ बजे मन्त्रीहरु नियुक्त गरी शपथ गराउने तयारी भइरहेको सचेतक निरौलाले बताएका छन् ।

मुख्यमन्त्री शाक्य गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी हुन् । लामो समय एमालेमा माधवकुमार नेपालको पक्षमा रहँदै आएकी उनी प्रदेश सरकारको नेतृत्व गर्नुअघि एमालेमै रहने निर्णयमा पुगेकी थिइन् ।

बागमती प्रदेश सरकारको नेतृत्व गरेको एक सातामै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमाले विभाजनपछि शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको हो।

प्रकाशित मिति: Sep 8, 2021

प्रतिक्रिया दिनुहोस्