Logo
१२ बैशाख २०८१, बुधबार
(September 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टोयोटाको सबैभन्दा सानो इलेक्ट्रिक कार सी प्लस पोड लञ्च गर्दै, यस्ता छन् विशेषता !

जापानी कार निर्माता कम्पनी टोयोटाले नयाँ सी प्लस पोड इलेक्ट्रिक दुई सिटर बीईभी हो जसलाई टोयोटाले मोबिलिटी विकल्पको रूपमा लन्च गर्ने बताएको छ ।

जापानी कार निर्माता कम्पनी टोयोटाको सबैभन्दा सानो इलेक्ट्रिक कार सी प्लस पोड हो । गत वर्ष देखि जापानी बजारमा उपलब्ध सो कार एक आकर्षक लुक र दमदार इलेक्ट्रिक मोटरसँगै सजिएको छ । यसको सीमित मोडल मात्र बिक्री गरिनेछ

फिचर
कारमा पैदलयात्रीहरु र भीडभाड भएका क्षेत्रमा दुईपांग्रे सवारीहरुसँग टक्कर नहोस् भन्नाका लागि विशेष प्रकारको फिचर जडान गरिएको छ । सो कार छोटो दूरीको लागि डिजाइन गरिएको हो । पावरको लागि यसमा ९.०६ केडब्ल्यु लिथियम आयोन ब्याट्री समावेश गरिएको छ । यसको मोटरले १२ एचपीको अधिकतम पावर र ५६ एनएमको टर्क जेनेरेट गर्छ ।

सिंगल चार्जमा १५० किलोमिटर
कम्पनीले सी प्लस पोड कार फुल चार्जमा १५० किलोमिटरको रेन्ज दिने दावी गरेको छ । २०० भी/१६ एम्पियर पावर सप्लाईको मदतले सो कार ५ घण्टामा फुल चार्ज गर्न सक्ने साथै १०० भी÷६ एम्पियर स्ट्यान्डर्ड पावर सप्लाईको मदतले १६ घण्टामा फुल चार्ज गर्न सक्ने जानकारी दिइएको छ ।

दुई जनाको लागि बस्ने व्यवस्था
सो कारको आकार धेरै सानो छ । सो कारको कुल वजन ६९० किलोग्राम रहेको छ । यसको लम्बाई २४९० एमएम, चौडाई १२९० एमएम र उचाई १५५० एमएम रहेको छ । सी प्लस पोड कारमा दुई जनाको लागि मात्र बस्ने व्यवस्था गरिएको छ । यस कारको वजन कम राख्नका लागि एक्सटेरियर प्यानल प्लास्टिकबाट बनाइएको छ ।

मूल्य
टोयोटाले सी प्लस पोड दुई भेरिएन्ट एक्स ट्रिम र जी ट्रिम भेरिएन्टमा लन्च गरेको छ । यसको एक्स भेरिएन्टको मूल्य जापानी बजारमा करिव २० लाख र जी ट्रिम भेरिएन्टको मूल्य यो भन्दा केही हजार रुपैयाँले मात्र बढी छ । नेपाल अटो

 

प्रकाशित मिति: Sep 7, 2021

प्रतिक्रिया दिनुहोस्