Logo
२० बैशाख २०८१, बिहीबार
(September 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्वारा पुरस्कार पाउने ४० जना निजामती कर्मचारीको नाम सार्वजनिक

नेपालमा आज निजामती कर्मचारी दिवस मनाइँदै छ । सरकारले निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीलाई सम्मान गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । जसअनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो ।

उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको ५० हजार रहेको छ । दुई लाख पुरस्कार राशि रहेको सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कारका लागि भने यो वर्ष पनि कोही छनोट भएको छैन ।

०७३ साल यता यो पुरस्कारका लागि कोही छनोट भएका छैनन् ।

 

प्रकाशित मिति: Sep 7, 2021

प्रतिक्रिया दिनुहोस्