Logo
१३ बैशाख २०८१, बिहीबार
(September 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संखुवासभाको ६ जनाको सामूहिक हत्या प्रकरण : ‘रिजनल इन्भेस्टिकेसन’ टिमले अनुसन्धान गर्ने

प्रदेश नं १ स्थित संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको सामूहिक हत्या घटनाको ‘रिजनल इन्भेस्टिकेसन’ टिमले हत्या अनुसन्धान गर्ने भएको छ ।

संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा विराटनगर र धरानबाट गएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको हो ।

प्रहरीले सवै शव पोस्टमार्टमका लागि पठाउँदै छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरस्थित ‘रिजनल इन्भेस्टिकेसन’ टिमले पनि अनुसन्धान गर्ने जानकारी प्रदेश १ का डीआईजी अरूण बिसीले बताएका छन् ।

घटनास्थल दुर्गम भेगमा भएकाले प्रहरीलाई पुग्न समय लागेको तर तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले गहन अनुसन्धान गर्ने बिसीको भनाई छ ।

हिजो बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको शव फेला परेको थियो । ९३ वर्षीय वृद्ध बाहेक घरमा रहेका सवैको हत्या गरिएको थियो ।

प्रकाशित मिति: Sep 7, 2021

प्रतिक्रिया दिनुहोस्