Logo
१३ बैशाख २०८१, बिहीबार
(September 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश–२ मा जसपाका थप तीन सांसदले रोजे लोकतान्त्रिक समाजवादी पार्टी

प्रदेश नं २ मा जसपाका थप ३  सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।आइतबार लोसपा रोज्नेमा अभिराम शर्मा, रानी कुमारी तिवारी र उपेन्द्र महतो छन् ।

तीनैजना सांसदले जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर लोसपामा सनाखत गरेको हुन् । यी तीनजना सांसदले सनाखत गरेसँगै प्रदेश २ मा लोसपा सांसदको संख्या १५ पुगेको छ । यसअघि १२ जनाले सनाखत गरेका थिए ।

परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी, डिम्पल झा, प्रहलाद गिरी गोस्वामी र गौरीनारायण साहले सनाखत गरेका थिए ।

सनाखत गर्ने गोस्वामी पूर्व मधेशी जनअधिकार फोरमबाट र बाँकी सबै पूर्व राजपाबाट निर्वाचित भएका सांसद हुन् ।आइतबार धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले पनि लोसपामा सनाखत गरेका छन् ।

प्रकाशित मिति: Sep 5, 2021

प्रतिक्रिया दिनुहोस्