Logo
५ असार २०८१, मंगलबार
(September 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रको अध्यक्ष प्रचण्डले बोलाए स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक आज (शुक्रबार) साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी बोलाएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनुका साथै पार्टीको निर्वाचन कार्यविधिका बारेमा समेत छलफल हुने स्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिएका छन् ।

यसअघि नेकपा माओवादी केन्द्रले पार्टी विधान बनाएको छ । उक्त विधान आगामी पुसमा हुने सम्मेलनबाट परिमार्जनसहित पारित गर्ने माओवादीको तयारी छ ।

प्रकाशित मिति: Sep 3, 2021

प्रतिक्रिया दिनुहोस्