Logo
१५ चैत्र २०८०, बिहीबार
(September 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेनोले ल्यायो थप सुरक्षासहित क्विडको नयाँ भर्सन एमवाई २१ !

रेनो इन्डियाले आफ्नो १०औं वार्षिकोत्सवको उपलक्ष्यमा अल न्यु क्विड एमवाई २१ लन्च गरेको छ । हाल बजारमा छोटो दुरीको यात्राको लागि क्विडको सानो कार क्विड उपलब्ध रहेको छ ।

क्विड एमवाई२१ मा कैयौ सेफ्टी फिचर समावेश गरिएको छ । साथै क्विड एमवाई२१ मोडललाई निकै आकर्षक बनाइएको छ ।क्विडको सबै भेरिएन्टमा पहिला देखि नै ड्युअल फ्रन्ट एयरब्याग स्ट्यान्डर्ड रुपमा उपलब्ध रहेको छ ।

क्विड एमवाई२१ क्लाइम्बर एडिशनमा ह्वाइट वडी कलर र ब्ल्याक रुफमा ड्युअल टोन एक्सटेरियर उपलब्ध हुनेछ । यसमा इलेक्ट्रिक साइड मिरर र डे नाइट रियर भ्यु मिरर पनि उपलब्ध रहेको छ ।

कारको फ्रन्ट ड्राइभर साइडमा पायरोटेक र प्रिटेन्सनर्स समावेश गरिएको छ । जसले गर्दा यसको सेफ्टी पहिलाको भन्दा बढेको छ ।क्विड एमवाई२१ मा ०.८ लिटर र १.० लिटर इन्जिन विकल्पमा उपलब्ध हुनेछ ।

यसमा म्यानुअल र अटोमेटिक दुबै ट्रान्समिशन उपलब्ध हुनेछ । यसको स्ट्यान्डर्ड भेरिएन्टमा डुअल एयरब्याग उपलब्ध हुनेछ ।अल न्यु क्विड एमवाई२१ एडिसनमा ग्राहकको लागि नयाँ सम्भावनाहरु बढ्ने कम्पनीले विश्वास गरेको छ ।

साथै कम्पनीले कारको फरक फरक भेरिएन्टमा ८० हजार भारु र ग्राहकको लागि १ लाख १० हजार भारु रोयल्टी फाइदा दिने घोषणा गरेको छ ।यसको मूल्य ४ लाख ६ हजार ५ सय देखि ५ लाख ५१ हजार ५ सय भारु सम्म तोकिएको छ ।नेपाल अटो

प्रकाशित मिति: Sep 2, 2021

प्रतिक्रिया दिनुहोस्