Logo
५ जेष्ठ २०८१, शनिबार
(September 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एकीकृत समाजवादीले पायो संसदीय दलको कार्यालय

माधवकुमार नेपालको नेतृत्वमा नवगठित पार्टी नेकपा एकीकृत समाजवादीले संसदीय दलको कार्यालय पाएको छ । संघीय संसद् सचिवालयको एक नम्बर भवनको तेस्रो तलामा दलको कार्यालय राखिएको छ ।

संसद् सचिवालयले नेता नेपालको र राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाइदिएको छ । नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले यही भदौ ९ गते मान्यता दिएको थियो ।

प्रकाशित मिति: Sep 2, 2021

प्रतिक्रिया दिनुहोस्