Logo
५ जेष्ठ २०८१, शनिबार
(September 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर नै पार्टीलाई सबल र लोकतन्त्रप्रति निष्ठावान् नेतृत्वको आवश्यकता छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशभर नै पार्टीलाई सबल र लोकतन्त्रप्रति निष्ठावान् नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।

साथै पौडेलले कांग्रेसका नेता कार्यकर्तालाई आफ्नो निजी स्वार्थलाई बिर्सेर लोकतन्त्रको संस्थागत र सबल नेतृत्व ल्याउनका लागि ध्यान दिन अपिल गरेका छन् ।

आज (बिहीबार) बिहान नेता पौडेलले भिडियो सन्देशमार्फत भनेका छन्, ‘हाम्रो पार्टीलाई सबल नेतृत्व, चिन्तनशील नेतृत्व र लोकतन्त्रप्रति निष्ठावान् नेतृत्वको आवश्यकता छ । सर्वत्र देशभर नै आवश्यक छ ।’

वडा अधिवेशनको अघिल्लो दिन भिडियो सन्देशमार्फत नेता पौडेलले महाधिवेशन काँग्रेसका लागि महायज्ञ भएको उल्लेख गर्दै महाधिवेशनलाई सफलबनाउदै नेता कार्यकर्तालाई आफ्नो निजी स्वार्थलाई बिर्सेर लोकतन्त्रको संस्थागत र सबल नेतृत्व ल्याउनका लागि ध्यान दिन अपिल गरेका हुन् ।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदै छ ।नेता पौडेलले काँग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै महाधिवेशनम वडा तहबाटै सबल नेतृत्वको आवश्यकता औँल्याएका छन् ।

‘ढिलै भए पनि १८ गतेबाट वडा अधिवेशन सुरु हुँदै छ, नेपालको अहिलेको परिवर्तनलाई संस्थागत गर्दै लोकतन्त्रलाई साकार पार्न र नेपाली काँग्रेसलाई जनताको भरोसाको केन्द्र बन्ने दिशामा काम गर्नुपर्नेछ ।’

पौडेलले भनेका छन् ‘सम्पूर्ण साथीहरुलाई म यो घडीमा अपिल गर्न चाहन्छु कि हामीले आफ्ना सानातिना निजी कुरालाई बिर्सेर हाम्रा अगाडि रहेका महान् लक्ष्यलाई ध्यानमा राख्दै हामीले गर्दै आएको कठिन सङ्घर्षलाई मूर्त रुप दिन, लोकतन्त्रलाई संस्थागत गर्ने कसरी यो देशको समृद्धि अगाडि बढाउन सकिन्छ, काँग्रेसले कसरी सबल नेतृत्व ल्याउने भन्नेमा चिन्तित हुन र गम्भीर हुन र त्यही अनुसार आफ्नो आत्माको पुकार सुनेर निर्णय गर्न आग्रह गर्दछु ।’

उनले कोरोना महामारी, वर्षाको अवस्थाको विषम अवस्थामा महाधिवेशन प्रक्रिया सुरु भएकाले स्वास्थ्य सजगता अपनाउन समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति: Sep 2, 2021

प्रतिक्रिया दिनुहोस्