Logo
१५ बैशाख २०८१, शनिबार
(September 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको गढी गाउँपालिकाका वडाध्यक्ष चौधरीको निधन

प्रदेश नं १ स्थित सुनसरी जिल्लाको गढी गाउँपालिका-१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ ।

उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए ।चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए ।

चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । वडाध्यक्षको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ ।रासस

प्रकाशित मिति: Sep 2, 2021

प्रतिक्रिया दिनुहोस्