Logo
५ आश्विन २०७८, मंगलबार
(September 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोडल निशा घिमिरेको आज पशुपति आर्यघाटमा अन्त्येष्टी गरिदैँ

 कलाकार तथा मोडल निशा घिमिरेको आज पशुपति आर्यघाटमा अन्त्येष्टी गरिदैँ छ ।घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा हिजो (बुधबार) साँझ ६ः ५१ निधन भएको थियो ।

चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाका अनुसार घिमिरेको पार्थिव शरीरलाई आज (बिहीबार) दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र त्यसपछि अन्त्येष्टी गरिने छ ।

नेपाली कलाकारितामा सफलता प्राप्त भइरहेको बेला अझै राम्रो गर्ने सोचले अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि करिब ३ वर्षअघि भारतको देहरादून पुगेकी निशा त्यहाँ पुगेको करिब डेढ महिनापछि नै कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनापछि बोल्न र हिँड्न छाडेकी उनको उपचारको अभावका कारण दिन प्रतिदिन बिग्रँदै गएको थियो । ललितपुरको मध्यमवर्गीय परिवारकी निशाको परिवारको आर्थिक स्थिति कमजोर भएका कारण उनको उपचारमा ढिलाइ हुन पुगेको थियो ।

समाचार माध्यमबाट आर्थिक अभावमा उपचार हुन नसकेको विषयमा निशाको समाचार थाहा पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले गत २७ जेठमा केही समाजसेवीको सहयोगमा घिमिरेको उद्धार गरेर अस्पतालमा उपचार थालेकी थिइन् ।

मंगलबार मात्र अस्पतालले एक पत्रकार सम्मेलन गर्दै निशाको अवस्था स्थिर रहेको जानकारी दिएको थियो । सो क्रममा अस्पतालले उनको उपचारका सबै प्रयास असफल रहेको जनाएको थियो । घिमिरेको उपचारमा नर्भिकले अहिलेसम्म ५० लाखभन्दा धेरै खर्च गरिसकेको थियो ।

भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखंला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोकदोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।

 

प्रकाशित मिति: Sep 2, 2021

प्रतिक्रिया दिनुहोस्