Logo
५ जेष्ठ २०८१, शनिबार
(September 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाका १४ सांसद लोसपाको पक्षमा खुले, ११ जनाले आजै सनाखत गर्ने

प्रदेश नं २ मा जसपाका १४ सांसद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पक्षमा खुलेका छन्  ।तत्कालीन राजपाबाट २५ र समाजवादी पार्टीबाट २९ सांसदले जितेका थिए । जसमध्ये जसपाका १४ सांसद लोसपाको पक्षमा खुलेका हुन्।

११ सांसदहरुलाई लोसपाको पक्षमा सनाखत गराउन प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनल जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालय पुगेका छन् ।

तरउनीहरुको भने आज सनाखत नहुने बताइएको छ ।सनाखत गराउने समय भदौ २२ गतेसम्म भएपछि केही सांसदको पछि सनाखत हुने सोनलले बताए ।तीन सांसदको भोलि सनाखत हुने सांसद सोनलले बताए ।

अहिलेसम्म लोसपा रोज्ने सांसदहरु

१. सरिता साह

२ . प्रमेश्वर साह
३ . निलमदेवी भूमिहारिन
४ .बबिता हुमारी
५ . गौरी नारायण साह
६ .अल्का झा
७ . जैलुन राइन
८ . जानकी शरण साह
९ . बाबुलाल साह
१०. रमेश प्रसाद कुर्मी
११. जितेन्द्र सोनल
१२. उपेन्द्र महतो

१३ . डिम्पल झा
१४ . अभिराम शर्मा

 

 

 

प्रकाशित मिति: Sep 1, 2021

प्रतिक्रिया दिनुहोस्