Logo
६ श्रावण २०८२, सोमबार
(September 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रक्षा सचिवद्वारा कायममुकायम प्रधान सेनापति शर्मालाई नियुक्ति पत्र प्रदान

रक्षा सचिव  बेगेन्द्रराज शर्मा पौड्यालले कायममुकायम रथी श्री प्रभुराम शर्मालाई प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गरेका छन् ।

रक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रममा शर्मालाई प्रधान सेनापतिको नियुक्ति पत्र पदान गरिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ श्रावण २६ गतेबाट शर्माले कायममुकायम प्रधान सेनापति सम्हाल्ने अख्तियारी प्राप्त गरेका थिए ।

नेपाली सेनाका पि.एस.ओज. रथीवृन्द तथा रक्षा मन्त्रालयका कर्मचारीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा रक्षा सचिवद्वारा कायममुकायम प्रधान सेनापति शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।

प्रकाशित मिति: Sep 1, 2021

प्रतिक्रिया दिनुहोस्