Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिममा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

सुदूरपश्चिम प्रदेशसभा एमालेका १० सांसदलेले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ ।तर सूदुरपश्चिममा मंगलबार १० सांसदले प्रादेशिक निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका छन् ।

तीन जनाको भने कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन ।एकीकृत समाजवादी रोज्नेहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, लालबहादुर खड्का र चुनकुमारी चौधरी छन् ।

निर्वाचन आयोगको कार्यालयमा पुगेका सांसदहरु दीर्घ सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन ।

प्रकाशित मिति: Aug 31, 2021

प्रतिक्रिया दिनुहोस्