Logo
३० असार २०८२, सोमबार
(August 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप १६६४ जनामा कोरोना पुष्टि, २० सक्रमितको मृत्यु

आज देशभर थप १,६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देरभर ९,११७ पीसीआर परीक्षणमा १,५२३ र ३,१०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १६६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ६४७ पुगेको छ ।पछिल्लो २४ घण्टामा १७८६ जना संक्रमणमुक्त भएका छन् । योसँगै  ७ लाख १६ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् ।

आज देशभर कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७५० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ जना रहेका छन् । जसमध्ये ३३ हजार २१४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ५३७ जना आईसीयू र १६४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका ४७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् ।

 

प्रकाशित मिति: Aug 31, 2021

प्रतिक्रिया दिनुहोस्