इजरायल जान चाहनेहरुको लिखित परिक्षा भदौ २८ गते हुने
इजरायल जान चाहनेहरुको लिखित परिक्षा यही भदौ २८ गते हुने भएको छ ।
केयर गिभरका लागि इजरायल जान चाहनेहरुको लागि वैदेशिक रोजगार विभागले तोकिएका परिक्षा केन्द्रहरुमा यही महिनाको अन्त्यमा लिखित परिक्षा हुने बताएको हो ।
इजरायलले एक हजार जना नेपालीलाई केयर गिभरका रुपमा लान लागेको छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउनेछन् ।
उनीहरुले इजरायलमा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने छन् ।इजरायल जान इच्छुकले दिएको आवेदन स्वीकृत भएका आवेदकलाई अनलाइनमार्फत जानकारी दिइने विभागले जनाएको छ ।
सोही, जानकारीका आधारमा परीक्षार्थी अंग्रेजीको परिक्षा दिन उपस्थित हुनुपर्ने छ ।इजरायलमा नेपालीलाई केयर गिभरका रुपमा लग्नका लागि गत वर्षको असोजमा इजरायल र नेपालबीच सम्झौता भएको थियो ।