आजदेखि काठमाडौं-श्रीलंका सिधा उडान हुने
आजदेखि काठमाडौं-श्रीलंका सिधा उडान हुने भएको छ ।
श्रीलंकन एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
श्रीलंका एयरले आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।
कम्पनीले अवस्था हेरेर थप उडानका अनुमति लिने छ ।उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ ।
भैरहवामा कम्तीमा एक उडान गर्ने भनिए पनि सो उडान दैनिक या सातामा एक पटक भन्ने यकिन भइसकेको छैन ।नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार श्रीलंकाबाट नेपाल आउने धार्मिक पर्यटक र रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको हो ।
हाल सो एयरलाइन्सले साउदी अरेबिया, कतार, माल्दिभ्स र दुबईमा उडान गरिरहेको छ । आगामी सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लन्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।