Logo
१३ बैशाख २०८१, बिहीबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकाको फोहोरको मुद्दा लिएर प्रधानमन्त्रीलाई भेट्न पुगे मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ध्यानाकर्षण गराएका छन् ।

देउवालाई भेट्न सोमबार मेयर उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए । मेयर शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने सडक निर्माणका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण र अनुरोध गरेका छन् ।

प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिएका छन् ।सडक निर्माणका लागि महानगरले नै खर्च व्यहोर्ने पनि उनले बताए ।

प्रकाशित मिति: Aug 30, 2021

प्रतिक्रिया दिनुहोस्