Logo
५ जेष्ठ २०८१, शनिबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदीप नेपालले छाडे माधवले झेली गरेको भन्दै एकीकृत समाजवादी

प्रदीप नेपालले नेकपा माधवकुमार नेपालले झेली कुरा गरेको भन्दै एकीकृत समाजवादीबाट बिदा लिएको घोषणा गरेका छन् ।

पछिल्लो समय निस्क्रिय अवस्थामा रहेका उनी नेकपा एकीकृत समाजवादीको सनाखतका लागि निर्वाचन आयोग पुगेका थिए ।

नेपालले सामाजिक सञ्जालमार्फत आफू सधैँ तानाशाही प्रवृत्तिको विरोधी भएको भन्दै र केपी ओलीसँग पनि नजाने बताएका छन् ।

उनले बारम्बारको कुराकानीमा जबज नहुने भए नाम नलेख्न भनेकोमा माधव नेपालले आफूलाई धोका दिएको भन्दै असन्तुष्टी जनाएका छन् ।

नेपालले फेसबुकमा भनेका छन्, ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाईं पनि झेली कुरा गर्न सिक्नु भएछ’, नेता नेपालले लेखेका छन्, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । बिदा ।’

 

 

प्रकाशित मिति: Aug 30, 2021

प्रतिक्रिया दिनुहोस्