Logo
१८ भाद्र २०८२, बुधबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने नेता गगन थापाले घोषणा गरेका छन् ।

सोमबार काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रममा थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

थापाले भने, ‘हामी १४ औं महाधिवेशनको प्रारम्भमा छौं, मैले यो भन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १ ४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’

थापाले यस पटक सर्वसम्मत रुपमा चयन हुने प्रयत्न गर्ने बताए। थापा यसअघि पनि महामन्त्रीका उम्मेदवार थिए । कांग्रेसको कृष्णप्रसाद सिटौलाको खेमाबाट उठेका थापा पराजित भएका थिए।

नेपाली कांग्रेसले मंसिर ९-१३ मा १४ औं महाधिवेशन गर्ने घोषणा गरेको छ।

 

प्रकाशित मिति: Aug 30, 2021

प्रतिक्रिया दिनुहोस्