Logo
५ जेष्ठ २०८१, शनिबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एमालेले तोक्यो १० बुँदे कार्यान्वयनमा सहजीकरण गर्न नेताहरु

नेकपा एमालेको १० बुँदे कार्यान्वयनमा सहजीकरण गर्न सबै प्रदेशमा नेताहरू तोकेको छ ।

हालै सम्पन्न स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयबारे जानकारी दिन जारी गरिएको अन्तर पार्टी निर्देशन-१२ मा विभिन्न ३२ नेतालाई १० बुँदे कार्यान्वयनको जिम्मेवारी तोकिएको छ ।

उक्त जिम्मेवारी २०७५ जेठ २ कै पार्टी संरचना अनुसार तोकिएको छ। उति बेला प्रदेश इन्चार्जको भूमिकामा रहेका नेताहरूलाई राखेर प्रदेशमा १० बुँदे कार्यान्वयन गर्न टोली बनाइएको छ ।

जसअनुसार प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, वागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावलको नेतृत्वमा १० बुँदे कार्यान्वयन टोली बनाइएको छ ।

यस्तै जनसङ्गठनमा ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई खटाइएको छ ।

त्यस्तै जनसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्न महासचिव ईश्वर पोखरेल नेतृत्वको टोली बनाइएको छ ।

 

प्रकाशित मिति: Aug 30, 2021

प्रतिक्रिया दिनुहोस्