Logo
५ जेष्ठ २०८१, शनिबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सत्तारुढ गठबन्धनको बैठकमा सहमत

मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरु सहमत भएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा ढिला गर्न नहुने बताएका छन् ।

बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले शीर्ष तहमा मन्त्रालय टुंगो लगाउने र मन्त्रिपरिषदलाई छिटो पूर्णता दिने सहमति भएको छ बताएका छन् ।

यसैगरी नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले  मन्त्रालय भागवण्डाबारे छलफल नभएको जानकारी दिए ।

मन्त्रालय भागबण्डाबारे गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुने स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: Aug 30, 2021

प्रतिक्रिया दिनुहोस्