Logo
५ जेष्ठ २०८१, शनिबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिमण्डललाई पूर्णता दिन गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी

मन्त्रिमण्डललाई पूर्णता दिन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी रहेको छ ।मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनका शीर्ष नेताहरु सोमबार बिहानैदेखि छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारको जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल छन्।

सरकार गठनका लागि हिजो बिहान र बेलुका माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग देउवाले छलफल गरेका थिए।

हाल काँग्रेसले ७, माओवादी केन्द्रले ६, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४-४ वटा मन्त्रालय लिने सहमति जुटेको पनि जनाइएको छ। तर एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात सहित ६ वटा मन्त्रालयमा दाबी गरेको छ।

त्यस्तै उपेन्द्र यादव नेतृत्वको जसपाले मन्त्रालय बाँडफाँट समान हुनुपर्ने भन्दै ५ वटा दाबी गरेको छ। नयाँ सरकार गठन भएको लामो समय बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ।

प्रधानमन्त्री देउवालाई मन्त्रालयको सङ्ख्या पनि धेरै र महत्त्वपूर्ण मन्त्रालयमा गठबन्धनका सबैजसो दलको दाबी हुँदा मन्त्रिपरिषद् विस्तारमा कठिनाइ भएको छ।

प्रकाशित मिति: Aug 30, 2021

प्रतिक्रिया दिनुहोस्