Logo
५ जेष्ठ २०८१, शनिबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्ञानेन्द्र, ओली गए पनि अझै कुर्सी र कमिसनको खेल जारी छ : बाबुराम भट्टराई

जसपाका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सत्ताबाट ज्ञानेन्द्र, ओली गए पनि कुर्सी र कमिसनखोरको खेल जारी रहेको बताएका छन्।

भट्टराइले आज ट्विट गर्दै ज्ञानेन्द्र, ओली गए पनि कुर्सीको खेल जारी रहेन तर नागरिकका समस्या जहाँको त्यही रहेको बताएका हुन् ।

भट्टराइले ट्विटमार्फत भनेका छन्, ‘ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ! भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ! कमिसनखोरको खेलो जारी छ!छिमेकीको हैकम जारी छ!जयसिंह धामीको वेपत्ता जारी छ! छाउपडी जारी छ! छोइछिटो जारी छ! मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ! श्रमिकको चुलो खाली छ! अतस् वैकल्पिक शक्तिको खोजी जारी छ!’

सरकारमा प्रधानमन्त्री शेरबहादर देउवा नियुत्त भएको  महिना वितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार अझै हुन सकेको छैन । भट्टराईले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको कुरालाई इङ्गित गर्दै यस्तो लेखेका हुन् ।

 

 

प्रकाशित मिति: Aug 30, 2021

प्रतिक्रिया दिनुहोस्