Logo
५ जेष्ठ २०८१, शनिबार
(August 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकीकृत समाजवादीमा माधव नेपाललाई दिइयो सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा

सरकारमा सहभागी हुने मन्त्रीहरु छान्ने अधिकार नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ ।

नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको हो ।

संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा सांसद विरोध खतिवडाले मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिने प्रस्ताव गरेका थिए, जसलाई बैठकले अनुमोदन गरेको छ ।

बैठकमा सांसद प्रेमबहादुर आलेले संसदीय समितिहरुमा पार्टीको उपस्थिति बलियो बनाउनुपर्ने जोड दिएका छन् । अध्यक्ष नेपालले पनि पहिले दलको कार्यालयका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

समाजवादीले सरकारमा सहभागी हुने निर्णय गत शुक्रबार नै गरिसकेको छ ।

 

प्रकाशित मिति: Aug 29, 2021

प्रतिक्रिया दिनुहोस्