Logo
५ जेष्ठ २०८१, शनिबार
(August 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेबाट निर्वाचित प्रतिनिधिलाई बढीभन्दा बढी एस दलमा आबद्ध गराउन नेपालको निर्देशन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश र स्थानीय तहमा एमालेबाट निर्वाचित बढीभन्दा बढी प्रतिनिधिहरुलाई नयाँ दल एसमा आबद्ध गराउन निर्देशन दिएका छन् ।

साथै नेपालले सबैतिर पाँच दलीय गठबन्धनको बहुमत पुगेको बताएका छन् ।आइतबार बसेको एसको पहिलो संसदीय दलको बैठकमा अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि गठबन्धनको बहुमत पुगेको बताएका हुन् ।

उनले प्रदेशहरुमा पनि पाँच दलीय गठबन्धनको बहुमत भएकाले कानूनहरु बनाउन र काम गर्न सहज हुने बताए ।

‘प्रतिनिधि सभामा कांग्रेसका ६३, माओवादीका ४९ र हाम्रो २३ छ, यो बहुमत हो,’ नेपालले भने, ‘राष्ट्रियसभामा माओवादीको १३, कांग्रेसको ७, हाम्रो ७ जना छन् । एक स्वतन्त्र र एक मनोनित छन् । ५९ मा अध्यक्षले हस्ताक्षर गर्न नपाउने भएकाले गठबन्धनको स्पष्ट बहुमत छ ।’

 

 

प्रकाशित मिति: Aug 29, 2021

प्रतिक्रिया दिनुहोस्