Logo
७ बैशाख २०८१, शुक्रबार
(August 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंगलबारदेखि नेपाल-श्रीलंकाबीच सिधा उडान हुने

नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान आगामी मंगलबारदेखि शुरु हुने भएको छ ।

मंगलबारदेखि काठमाडौं-कोलम्बो सिधा हवाई उडान शुरु हुने नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै जानकारी दिएकी छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौं-कोलम्बो उडान हुने जानकारी दिएका छन् ।

प्रवक्ता क्षेत्रीले भने, ‘काठमाडौं-कोलम्बो सीधा उडानका लागि चार सेप्टेम्बरसम्म समर सेड्युल एप्रुभ भएको छ ।’

काठमाडौं-कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको छ । श्रीलंकाको राष्ट्रिय धोजाबाहक श्रीलंकन एयरबाट उडान हुनेछ ।

प्रकाशित मिति: Aug 29, 2021

प्रतिक्रिया दिनुहोस्