Logo
५ जेष्ठ २०८१, शनिबार
(August 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता साझेदार दलका तीन नेताबीच आइतबार छलफल भएको भएको छ ।

प्रधानमन्त्री देउवाले आइतबार विहान सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भएको भेटर्वातामा मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल भएको बालुवाटार निकट स्रोतले जनाएको हो ।

वर्तममान गठबन्धनका मुख्य सारथि मानिएका माधव नेपालको दल दर्ताका लागि समय लागेकाले प्रधानमन्त्री देउवाले डेढ महिनासम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित ६ जना रहेका छन् । जसमा कांग्रेस र माओवादीका दुईरदुई मन्त्री र कांग्रेसका तर्फबाट एक राज्यमन्त्री रहेका छन् ।

सरकारले अध्यादेश ल्याएरै नेकपा एमाले र जसपा विभाजनका लागि सहजीकरण गरेको थियो । दल विभाजनका लागि अध्यादेश ल्याउने देउवा सरकारको निर्णयको सर्वत्र आलोचना भए पनि त्यही अध्यादेशमा टेकेर नेपाल र महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराइसकेका छन् ।

सरकारमा नेपालको नेकपा ९एस०, जसपा जाने निश्चित भइसकेको छ भने राष्ट्रिय जनमोर्चाले नजाने जनाइसकेको छ ।

प्रकाशित मिति: Aug 29, 2021

प्रतिक्रिया दिनुहोस्