नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक, दलको नेता चुन्ने
नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्ने भएको छ ।बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ ।
आज बिहान ११ बजेका लागि बैठक बोलाइएको नेकपा एसका केन्द्रीय सदस्य प्रेम आलेले जानकारी दिए ।यस्तै प्रमुख सचेतक तथा सचेतक समेत चयन गरिने भएको छ ।
माधवकुमार नेपाल नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता बन्ने भएका छन् । सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गर्न लागेको हो । छिट्टै सरकारमा जाने पार्टीको योजना रहेको केन्द्रीय सदस्य आलेले बताए ।