Logo
३ माघ २०८१, बिहीबार
(August 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई छिट्टै पूर्णता दिन देउवा र प्रचण्डबीच छलफल

सरकार विस्तार गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबिच आज भेटवार्ता भएको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तारका विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटका क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे कुरा भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद् विस्तार लामो समयसम्म नहुँदा आलोचना भएपछि सत्ता गठबन्धनका नेताहरु सरकार विस्तारको तयारीमा जुटेका छन्।

प्रकाशित मिति: Aug 28, 2021

प्रतिक्रिया दिनुहोस्