Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धुर्मुस सुन्तलीको निर्देशनमा बनेको कमेडी चलचित्र ‘म त मर्छु कि क्या हो’ सार्वजनिक

हाँस्य कलाकार धुर्मुस सुन्तलीको कमेडी चलचित्र ‘म त मर्छु कि क्या हो’ सार्वजनिक भएको छ ।

सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरेले (सुन्तली) निर्माण गरेको चलचित्र ‘म त मर्छु कि क्या हो’ आज सार्वजनिक गरिएको हो ।धुर्मुस र सुन्तलीको निर्देशनमा तयार भएको यो चलचित्र ओहो मुभिज एपबाट रिलिज भएको हो ।

चलचित्रमा सिताराम, कुञ्जनाको साथमा रवि गिरी, वुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बादलिप राई, सुमन कार्की, सुमन कोइराला लगायतका कलाकारको अभिनय छ ।

चलचित्रलाई पूर्ण रुपमा कमेडी कथामा निर्माण गरिएको छ । चलचित्रको छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो ।कोरोना महामारीका कारण हलहरुमा चलचित्र प्रदर्शन गर्न नसकिरहेको अवस्थामा यस चलचित्रलाई ओटीटी प्लेटफर्म मार्फत सार्वजनिक गरिएको हो ।

चलचित्रलाई ओहो मुभिज एप डाउनलोड गरेर केही रकम तिरेर हेर्न सकिने छ । चलचित्र २ घण्टाको रहेको साथै चलचित्रमा पूर्णरुपमा हाँस्यरस रहेको निर्माण पक्षले बताएको छ ।

प्रकाशित मिति: Aug 27, 2021

प्रतिक्रिया दिनुहोस्