Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीमा रातो नदीको बाँध भत्किदाँ सयौं घर डुबानमा

प्रदेश नं २ स्थित महोत्तरीमा दुई दिनदेखि तगातार परेको अबिरल वर्षाको कारण रातो नदीमा आएको बाढीले ठाउँ-ठाउँमा तटबन्ध भत्काएको छ ।तटबन्ध भत्काएर बाढी गाउँ पसेपछि बलवा नगरपालिकाको १, ४ र ११ नम्बर वडाका सयौं घर डुबानमा परेको छ ।

बलवा नगरपालिकाका मेयर विनोदकुमार यादवका अनुसार बाढीले भगवतीपुर, रौजा, तिलगढ र बन्चौरीमा तटबन्ध भत्काएको छ । बाढी गाउँ पसेपछि दुई सयभन्दा बढी घर डुबानमा परेका छन् ।

अहिले पनि वर्षा जारी रहेकाले उद्दारमा समस्या भएको उनको भनाइ छ ।महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले नदीमा आएको बाढी तटबन्ध माथिबाट बग्न थालेको बताए ।

बाढी गाउँ पसेको जानकारी पाएपछि प्रहरी पठाइएको उनले बताए । डुबानमा परेकाहरुलाई विद्यालय र अन्य सुरक्षित स्थानमा सारिने उनको भनाइ छ । घर आँगन डुबेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम सुरु भएको छ ।

जनप्रतिनिधि सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर स्थानीयको उद्धारमा जुटेको प्रहरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Aug 27, 2021

प्रतिक्रिया दिनुहोस्