Logo
५ जेष्ठ २०८१, शनिबार
(August 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अष्टलक्ष्मीले मुख्यमन्त्री बन्दा मेरो सहमति लिनु भएको हो : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको बताएका छन् ।

मंगलबार चन्द्रगिरिमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘उहाँ (अष्टलक्ष्मी)ले सहमति लिनु भएकै हो । तर उहाँ अप्ठ्यारोमा हुनुहुन्छ ।’

प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने मुख्यमन्त्री शाक्यले अब एउटा दल रोज्नुपर्ने बताए ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्नुपर्ने भन्दै उनले भने, ‘जब पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने अवस्था बन्छ । अब उहाँमा भरपर्छ, म धेरै भन्न चाहन्न ।’

नेता नेपालले नयाँ पार्टी दर्ता गर्दै गर्दा डोरमणि पौडेलले राजीनामा दिएर शाक्य नयाँ मुख्यमन्त्री बनेकी छन् । तर उनी नेकपा एकीकृत समाजवादीमा गएकी छैनन् ।

दल रोजाइबारे शाक्यको निर्णयका आधारमा प्रदेश सरकारलाई कसरी हेर्ने भनेर तय गर्ने उनले बताए ।

प्रकाशित मिति: Aug 24, 2021

प्रतिक्रिया दिनुहोस्