Logo
१३ बैशाख २०८१, बिहीबार
(August 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त

लुम्बिनी प्रदेश सरकारले प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त गरेको छ ।लुम्बिनी प्रदेश सरकारले सोमबार प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदीलाई नियुक्त गरेको हो।

नव नियुक्त सुवेदीले सोमबार प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन्। उनलाई उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दीक्षितले शपथ ग्रहण गराएकी हुन्।

सुवेदीले सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए ।

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो ।

प्रकाशित मिति: Aug 24, 2021

प्रतिक्रिया दिनुहोस्