Logo
५ जेष्ठ २०८१, शनिबार
(August 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख स्वकीय सचिवमा भानु देउवालाई नियुक्त गरेका छन् ।प्रधानमन्त्री भएको लामो समय भैसक्दापनि सचिवालय गठन नगरेका देउवाले हालै भानुलाई आफ्नो प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।

भानु लामो समयदेखि देउवाको सचिवालयमा रहेर काम गर्दै आएका छ्न ।भानुलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेपछि अहिले कांग्रेस नेताहरुले प्रधानमन्त्री देउवाको यो कदमलाई लिएर प्रशंसा गरेका छन् ।

भानु अहिलेसम्म कुनैपनि विवादमा मुछिएका छैनन् । प्रधानमन्त्री देउवा पहिले प्रधानमन्त्री हुँदापनि भानुनै स्वकीय सचिव थिए ।

भानु देउवा प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा नियुक्त भएपछि धेर नेता तथा कार्यकर्ताहरुले उनलाई सामाजिक सञ्जालमा बधाई दिईरहेका छन् । भानु लामो समयदेखि देउवाको निजी सचिवकोरुपमा कार्यरत थिए ।

प्रकाशित मिति: Aug 22, 2021

प्रतिक्रिया दिनुहोस्