Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिद्वारा बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त, विष्णु प्रसाई पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशमा यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हु्न् ।

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख गरिएको छ ।

यस्तै राष्ट्रपतिले केपी ओली सरकारले नियुक्त गरेको विष्णु प्रसाद प्रसाईलाई पदमुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति: Aug 20, 2021

प्रतिक्रिया दिनुहोस्