Logo
९ माघ २०८१, बुधबार
(August 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमेडी शो ‘द कपिल शर्मा’ पुन: सुचारु हुँदै, ओपनिङ शोमा अक्षय कुमार र अजय देवगन आउने

भारतीय टेलिभिजन चर्चित कमेडी शो ‘द कपिल शर्मा’ शो पुनः सुचारु हुने भएको छ ।

कपिल शर्माले इन्स्टाग्राममा शोको नयाँ प्रोमो भिडियो सेयर गर्दै सोही कुराको जानकारी दिएका हुन । नयाँ प्रामो सार्वजनिक भएसँगै रिलिज मिति पनि तोकिएको छ ।

प्रोमो भिडियो सेयर गर्दै कपिल शर्माले यहीँ अगस्ट २१ गतेदेखि शो प्रशारण हुने जानकारी दिएका छन् । यस सिजनमा अर्चना पुरण सिंह पनि आउने भएको जानकारी दिइएको छ ।

साथै, सुदेश लहिर र कृष्णालाई पनि हेर्न सकिनेछ । नयाँ सिजनको ओपनिङमा पाहुनाको रुपमा बलिउड अभिनेताहरु अक्षय कुमार र अजय देवगनलाई देख्न सकिनेछ । यस कार्यक्रमलाई सोनी टेलीभिजनमा हेर्न सकिनेछ ।

प्रकाशित मिति: Aug 17, 2021

प्रतिक्रिया दिनुहोस्