Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’ गीत सार्वजानिक (हर्नुहोस् भिडियो)

गायक प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’ बजारमा आएको छ।  भिमफेदी गाइज र मोडल एंव नायिका सुमि मोक्तान अभिनित उक्त म्युजिक भिडियो ‘प्रदिप लामा अफिसियल’ बाट सार्वजानिक गरिएको हो ।

बौद्धस्थित एक पत्रकार सम्मेलन गरी बिमोचन गरिएको उक्त गीतलाई हस्त लामा हार्दिकले शब्द र संगीत,दिपेश प्रधानले मिक्सिङ गरेका हुन भने जोगलाल लामाले एरेन्ज गरेका हुन ।

सुर्य लामाले ड्रोन,सम्पादन र छायांकन गरेको भिडियोलाई निर्मल कुमार लामा(बिजी)ले निर्देशन गरेका हुन ।उक्त बिमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बरिष्ठ संगीतकार एंव गायक चन्द्र कुमार दोङ्ले सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइबा, प्रेम लोप्चन, सुवास लामा, विश्व दोङ, अभि लामा, अनिता लामा, अमिर दोङ, आशमान लोप्चन, अशोक तामाङ लगायत चर्चित कलाकारहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमको सञ्चालन भने पत्रकार प्रितम गोलेले गरेका थिए ।

हर्नुहोस् भिडियो-

प्रतिक्रिया दिनुहोस्