Logo
१२ बैशाख २०८१, बुधबार
(August 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना पुनः फैलिरहेकाले विमानस्थल क्षेत्रभित्र आफन्तको बिदाइ कार्यक्रम नगर्न आग्रह

त्रिभुवन विमानस्थल कार्यालय प्रशासनले कोरोनाको महामारी पुनः फैलिरहेको भन्दै विमानस्थल क्षेत्रभित्र भिडभाड कम गर्न बिदाई कार्यक्रम नगर्न आग्रह गरेको छ ।

त्रिभुवन विमानस्थल कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै विमानस्थलमा भिडभाड कम गर्न यात्रामा निस्कने आफन्तको बिदाई कार्यक्रम नगर्न नभएको हो ।

विमानस्थलमा आवतजावत गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत कार्यालयले आग्रह गरेको छ । शरीरको तापक्रमको मापन गरेर मात्र टर्मिनल भवन भित्र प्रवेश गर्न र सेनिटाइजरको प्रयोग अनिवार्य रुपमा गर्न समेत भनिएको छ ।

विमानस्थल भित्र खटिने विमानस्थलका कर्मचारी, सुरक्षाकर्मी, वायुसेवा कम्पनीका कर्मचारी र अन्य सरकारी निकाय र संघसंस्थाका कर्मचारीलाई समेत स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमामा पालना गर्न समेत कार्यालयले आग्रह गरेको छ ।

कोभिड महामारी बढ्दै जाँदा विमानस्थलमा हुने अधिक भिडभाडले समेत कोरोना सर्न सक्छ ।सोहीकारण सतर्कता अपनाउन कार्यालयले आहृवान गरेको हो ।

अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल प्रवेश नगरी सहयोग गर्न समेत कार्यालयले आग्रह गरेको छ ।लाइनमा बस्दा भिडभाड नगर्न, तोकिएको मार्किङरसांकेतिक पाइला पच्छ्याउन र अन्य स्थानमा रहँदा समेत भौतिक दूरी कायम गर्न समेत आग्रह गरिएको छ ।

 

 

प्रकाशित मिति: Aug 13, 2021

प्रतिक्रिया दिनुहोस्