Logo
४ माघ २०८१, शुक्रबार
(August 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटार अगाडी विभिन्‍न माग राख्‍दै प्रदर्शनमा उत्रिएका शिक्षकहरु पक्राउ

प्रधानमन्त्री निवास बालुवाटार अघि विभिन्‍न माग राख्‍दै प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले निय्रन्त्रणमा लिएको छ ।

शुक्रवार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको  निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका करीब डेढ सय शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल शिक्षक महासंघले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामूहिक रुपमा बढुवा गराइनुपर्ने, द्वन्दपीडित शिक्षकहरुको समस्या समाधान गरिनुपर्ने, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलब, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्चमावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका विभिन्न मागहरु राख्दै गत वैशाखदेखि आन्दोलन गर्दै आएको छ ।

 

 

 

प्रकाशित मिति: Aug 13, 2021

प्रतिक्रिया दिनुहोस्