Logo
३ माघ २०८१, बिहीबार
(August 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुम्लामा स्थानीयवासीलाई आक्रमण गर्ने भालुलाई गोली हानी मारियो

कर्णाली प्रदेश स्थित जुम्लाको सदरमुकाम खलङ्गा बजारमा पसेर मानिसलाई आक्रमण गर्ने भालुलाई गोली हानी मारिएको छ।

बजार पसेको भालुलाई नियन्त्रणमा लिन नेपाल प्रहरी‚ नेपाली सेना, सशस्त्र प्रहरी बल‚ डिभिजन वन कार्यालयको टोलीले प्रयास गरेको थियो।

नियन्त्रणमा लिन नसकिएपछि गोली हानेर मारिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिइन् । खलङ्गा बजारमा बिहीबार बिहान भालुले आक्रमण गर्दा चन्दननाथ नगरपालिका-५ कार्कीवाडाका हिमराज रोकाया र उनकी पत्नी निर्मला लाई घाइते भएका छन्। बिहान ४ बजे धारामा नुहाउन जाँदा उनीहरुलाई भालुले आक्रमण गरेको हो।

यस्तै‚ साढे ९ बजे चन्दननाथ-४ का २५ वर्षीय आशीष सार्कीलाई पनि आक्रमण गरी घाइते बनाएको छ। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्रीका अनुसार भालुलाई जङ्गलतिर लखेट्न खोज्दा बजार पसेर आतङ्क मच्चाएको बताए। भालु हिंस्रक प्रकारको रहेको उनको भनाइ छ।रासस

प्रकाशित मिति: Aug 13, 2021

प्रतिक्रिया दिनुहोस्