Logo
७ जेष्ठ २०८१, सोमबार
(August 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि ज्येष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो डोज लगाइँदै

कोभिड-१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगत खोप महाशाखाले भुटानबाट खोप आइसकेकाले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको हो ।

महाशाखाले जापान र भुटानबाट आएको खोप लगाइने जनाएको छ ।काठमाडौंमा १४४ खोप केन्द्रबाट कोभिसिल्डको खोपको पहिलो मात्रा लगाइसकेका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाइनेछ ।

प्रकाशित मिति: Aug 9, 2021

प्रतिक्रिया दिनुहोस्