Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमान्तकृत र अल्पसंख्यक समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले २७ औँ ‘विश्व आदिवासी दिवस’का अवसरमा नेपाल र नेपालबाहिर बस्‍ने सम्पूर्ण नेपाली आदिवासी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् ।

साथै देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताए । देउवाले यस दिवसले सम्पूर्ण आदिवासीहरूको अधिकार र मुद्दालाई उठान गर्ने र सचेतीकरण गरी संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गरेका छन् ।

‘कसैलाई पछाडि नछाडौँ आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्‍ने नाराका साथ संसारभरका आदिवासीले अगस्ट ९ का दिन २७ औँ विश्व आदिवासी दिवस मनाइरहेका छन् ।

नेपाल सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सो अनुसार सरकार महासन्धिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

प्रकाशित मिति: Aug 9, 2021

प्रतिक्रिया दिनुहोस्