Logo
७ जेष्ठ २०८१, सोमबार
(August 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ वर्षीया बालिकालाई बलात्कार आरोपमा पाल्पामा युवक पक्राउ

बागमती प्रदेशस्थित पाल्पामा बलात्कार आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८ बस्ने २३ वर्षका मिनबहादुर मिन बहादुर सारु रहेका छन् ।

सारुले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।साउन १९ मा बालिकालाई बलात्कार गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Aug 8, 2021

प्रतिक्रिया दिनुहोस्