Logo
७ जेष्ठ २०८१, सोमबार
(August 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाको High Altitude and Mountain Warfare तालिम आजदेखि शुरु

नेपाली सेनाको आजबाट High Altitude and Mountain Warfare तालिम शुरु भएको छ ।

नेपाली सेनालगायत विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट‚ आईस क्राफ्ट सम्बन्धि ज्ञान दिलाउने उद्देश्य अनुरुप जोमसोममा तैनाथ नेपाली सेनाको श्री उच्च शिखर शिक्षालयमा स्वदेशी तथा विदेशी शिक्षार्थी सहभागी गराई आज मिति २०७८-०४-२४ गतेदेखि High Altitude and Mountain Warfare तालिमको शुभारम्भ भएको हो ।

उक्त शिक्षालयका शिक्षाधिकृत महा सेनानी श्री सुरेश हमालले प्रथम प्रवचन गर्नु भई शुरु भएको सो तालिम मिति २०७८-०६-०१ गतेसम्म संचालन हुने छ ।

उक्त तालिममा नेपाली सेनाका शिक्षार्थी अधिकृत १६ जना र अन्यदर्जा ६५ जना गरि जम्मा ८१ जना सहभागी भएका छन् भने विदेशी शिक्षार्थीतर्फ मित्रराष्ट्र अमेरिका, बंगलादेश, पाकिस्तान तथा दक्षिण कोरियाबाट अधिकृत तथा अन्यदर्जा शिक्षार्थी जम्मा ५ जना सहभागी रहेका छन् ।

प्रकाशित मिति: Aug 8, 2021

प्रतिक्रिया दिनुहोस्