मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवाटारमा पुगे प्रचण्ड
मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बालुवाटारमा पुगेका छन् ।
प्रचण्डले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाई सकेको भए पनि एमालेको माधव कुमार नेपाल समूह सरकारमा आउने वा नआउने भन्नेबारे टुङ्गो नलाग्दा मन्त्रिमण्डल बिस्तार रोकिएको छ ।
प्रधानमन्त्री देउवाले सम्भवतः सोमबारसम्म मन्त्रिमण्डल बिस्तार गर्ने योजना बनाएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाले नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउने सोच बनाएको भए पनि नेता नेपालले भने अहिले नै आफ्नो समूह सरकारमा जाने कि नजाने भन्नेबारे निर्क्यौल गर्न सकेको छैन ।