Logo
५ जेष्ठ २०८१, शनिबार
(August 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा जारी

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी रहेको छ । ​

कोटेश्वरस्थित पार्टी कार्यालयमा केही बेर अघिबाट बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजकले जानकारी दिएका छन् ।

माओवादी केन्द्रका नेताहरूका अनुसार बैठकमा सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल हुनेछ ।

सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न गठित सत्तारूढ गठबन्धनको कार्यदलले आजै प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेतालाई प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री देउवा गठबन्धनको प्रतिवेदन आएपछि मात्र सरकार विस्तार गर्ने तयारीमा छन् ।माओवादीमा मन्त्री बन्ने आकांक्षी नेताहरु धेरै भएपछि नेतृत्वलाई छान्न सकस परिरहेको छ ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिलेसम्म आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् ।

प्रकाशित मिति: Aug 6, 2021

प्रतिक्रिया दिनुहोस्