Logo
५ जेष्ठ २०८१, शनिबार
(August 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभामा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पेश

राष्ट्रियसभाको आजको बैठकमा ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ पेश भएको छ ।

राष्ट्रियसभामा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्कीले उक्त विधेयक पेश गरेका हुन् ।

यस्तै प्रधानमन्त्री देउवाका तर्फबाटै मन्त्री कार्कीले ‘निर्वाचन आयोग, नेपालको वार्षिक प्रतिवेदन, २०७६र०७७’ सभामा पेश गरे । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोक सेवा आयोग विधेयक, २०७५’ सभा समक्ष टेबुल गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन २४ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति: Aug 6, 2021

प्रतिक्रिया दिनुहोस्