Logo
५ जेष्ठ २०८१, शनिबार
(August 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भदौमा काँग्रेसको १४ औँ महाधिवेशन सम्भव छैन : शशाङ्क कोइराला

आगामी भदौमा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन सम्भव नरहेको महामन्त्री डा शशाङ्क कोइरालाले बताएका छन् ।

आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए ।

उनले काँग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरुको माग रहेको जानकारी दिए । उनले भने, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ ।’

पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्छ भने ।

उनले भने ‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु । संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार छन्। सबै निर्वाचन लडे हारिन्छ । एउटा मात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ ।’

कोइरालाले फरक प्रसङ्गमा आफू मन्त्रिमण्डलमा सहभागी नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने बताए ।

प्रकाशित मिति: Aug 6, 2021

प्रतिक्रिया दिनुहोस्