Logo
५ जेष्ठ २०८१, शनिबार
(August 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ ठाकुर भन्छन् : ‘संघर्षप्रति हाम्रो संकल्प यथावत छ’

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले संघर्षप्रति आफूहरुको संकल्प यथावत रहेको बताएका छन् । हिजो (बुधबार) एक अपिल पत्र सार्वजनिक गर्दै ठाकुरले संघर्षप्रति आफूहरुको संकल्प यथावत रहेको बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा १८ महिनासम्म बस्दा मधेशको माग मुद्दा सम्बोधनको लागि उपेन्द्र यादवले कुनै पहल नगरेको बरु आफूहरुले १८ दिनमै कतिपय माग पूरा गरेर देखाएको ठाकुरको जिकिर रहेको छ ।

अपिल पत्रमा भनिएको छ,‘आफू १८ महिना माननीय केपी शर्मा ओलीको सरकारमा बस्दा माग मुद्दाको सवालमा एउटा सिन्को भाँच्न नसक्नेले हामीले १८ दिनमै माग मुद्दाहरु पूरा गराउँदा हामीतिर औंला देखाईरहेका छन् ।’

प्रकाशित मिति: Aug 5, 2021

प्रतिक्रिया दिनुहोस्